अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन

अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन
अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन

विश्वमा छरिएर रहेका नेपालीमाझ आपसी सम्बन्ध विस्तार गर्दै मातृभूमि नेपालको विकासमा योगदान गर्ने उद्देश्यले अष्टे«लियाका अर्जुन घिमिरेको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली सेवा समाज गठन गरिएको छ। 

समाजका प्रवत्ता एवं साहित्यकार चन्द्रकुमार फुयाँलका अनुसार आइतबार अनलाइन बैठक मार्फत २७ सदस्यीय समिति गठन गरिएको हो। 

समितिको बरिस्ठ उपाध्यक्षमा श्याम सुवेदी, महिला उपाध्यक्षमा नितुु खतिवडा चयन भएका छन् भने एसिया, युरोप, दक्षिण अमेरीका, उत्तरअमेरीका, अष्ट्रेलिया र अफ्रिका महादेशका क्षेत्रीय उपाध्यक्षहरूमा क्रमशः ईश्वर कुमार राई, डा. स्वामीकृष्ण, शुरेशचन्द्र भट्टराई, डा. श्याम कृष्ण थापा, शंकर भट्टराई, झलक बुढाथोकी छन्।  

त्यसैगरि महासचिवमा साहित्यकार अर्जुनश्री र सहमहासचिवमा किशोर सुब्बा, सचिवमा सोम अनुराग बस्नेत र सुप्रिया घिमिरे तथा कोषाध्यक्ष र सहकोषाध्यक्षमा प्रभाकर बिक्रम निरौला र उमेश राउत चयन भएका छन्। त्यसैगरि प्रवक्तामा चन्द्रकुमार फुँयाल, सदस्यहरूमा बाशुदेव खनाल, सुकराज गुरुङ, भागिरथ अधिकारी, सुवर्ण लामा, दुर्गा राई, निश्चल कुमार शर्मा, पवित्रा थापा मगर, दुर्गा राई, दिक्षा भण्डारी, एलिना भट्टराई र कुशुम गुरुङ छन्। 

समाजको सल्लाहकारमा प्राडा टंकनाथ शर्मा, प्राडा मोतिलाल घिमिरे, प्राडा पुष्प दमाई, सह प्राडा श्याम शर्मा, सह प्राडा नारायण गैरे, उपप्रा. महेश पौडेल, भाषाविद डा. तारामणी राई, डा. पुस्पा घिमिरे, र साहित्यकार टंक आले मगर छन्। 

देश तथा विदेशमा रहेका नेपालीको अनुभव, सीप, ज्ञान र दक्षतालाई एकीकृत गरि नेपालको विकासमा योगदा पु¥याउने समाजको उद्देश्य छ। 
 

प्रकाशित मिति: : 2020-10-15 12:53:00

प्रतिकृया दिनुहोस्