सुनसरीका धार्मिक स्थलमा भेला हुन निषेध

मन्दिरमा भेला हुन नपाइने
 कोरोना संक्रमणको महामारी नियन्त्रण गर्ने उद्देश्यले धार्मिक क्रियाकलापमा एकभन्दा बढी व्यक्ति उपस्थित हुन निषेध गरिएको छ ।

 कोरोना संक्रमणको महामारी नियन्त्रण गर्ने उद्देश्यले धार्मिक क्रियाकलापमा एकभन्दा बढी व्यक्ति उपस्थित हुन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना निकालेर मन्दिर, शक्तिपीठ, पण्डालमा एक व्यक्तिद्वारा गरिने नित्य पूजाआजबाहेक अन्य कार्य गर्न निषेध गरेको छ ।

‘कोभिड १९ को कारण सृजित विषम परिस्थितिका कारण नेपालीहरुले मनाउँदै आइरहेको वडा दसैँमा विभिन्न शक्तिपीठ, मन्दिर तथा समाजमा सामूहिक रुपमा गरिने पूजाआजामा दैनिक एक व्यक्तिद्वारा गरिने नित्य पूजाबाहेक भेला जम्मा हुन जिल्लाभर यो निषेधाज्ञाको आदेश जारी गरिएको छ,’ सूचनामा उल्लेख छ ।

जिप्रकाका अनुसार मस्जिद, गुम्बालगायत धार्मिक स्थलमा भेला तथा जम्मा हुन पाइनेछैन । त्यस्तै, भजन, कीर्तिन, अनुष्ठान तथा मेला जात्रा गर्न निषेध गरिएको छ । त्यस्तै, सामूहिक रुपमा भेला भएर कुनै पनि क्रियाकलाप नगर्न भनिएको छ ।

प्रकाशित मिति: : 2020-10-16 14:04:00

प्रतिकृया दिनुहोस्