कोलकात्ताको कप्तानी छाडे कार्त्तिकले, मोर्गन नियुक्त

आईपीएल
युएईमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)  क्रिकेट चलिरहेका बेला दिनेश कार्त्तिकले कोलकात्ता  नाइट राइडर्सको कप्तानी छाडेका छन्।

युएईमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)  क्रिकेट चलिरहेका बेला दिनेश कार्त्तिकले कोलकात्ता  नाइट राइडर्सको कप्तानी छाडेका छन्।

कार्तिकको ठाउँमा कोलकात्ताले टोलीको नयाँ कप्तानमा इयोन मोर्गनलाई नियुक्त गरेको छ।

कार्त्तिकले ब्याटिङमा फोकस गर्न कप्तानी छाडेको बताएका छन्।  कोलकात्ताले यो सिजन आईपीएलमा खेलेका सातमध्ये ४ खेल जितेको छ। उसको सात खेलबाट ८ अंक छ। शीर्षस्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलबाट १२ अंक छ। एक खेल कम खेलेको मुम्बई इन्डियन्सको १० र ८ खेल खेलेको रोयल च्यालेन्जर्स बैंगलोरको पनि १० अंक छ।

यसैबिच आजै साँझ कोलकत्ताले दोस्रो स्थानको मुम्बईको सामना गर्नेछ।

प्रकाशित मिति: : 2020-10-16 14:35:00

प्रतिकृया दिनुहोस्