कोलकाताको गणेशचन्द्र एवेन्यूको एक आवासीय भवनमा आगलागी भएको छ।
आगलागीमा परि १२ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार उक्त भवनमा अझै केही व्यक्तिहरु फसेका छन्।
प्रहरी अधिकारीका अनुसार कम्तिमा १० दमकल घटनास्थलमा पुगेको छ।
उनीहरुले भवन भित्र फसेका व्यक्तिहरूलाई उद्धार गरिरहेका छन् भने आगो निभाउन प्रयास भइरहेको छ।