सिरहाकाे लहानमा दलित समुदायका अगुवाहरू संगठित भएका छन् ।
दलित संघर्ष समितीले आफ्नाे अधिकार खाेसिदै गएकाे भन्दै एक जुट भएर संघर्षमा उत्र्नका लागि तयारी अवस्थामा बस्नु पर्नेमा जाेड दिएका छन्।
लहानका दलित अगुवा तथा नेपाली कांग्रेसका महासमिती सदस्य रामगणेश दासले दलित समुदायकाे हकअधिकार खाेसिन थालेकाले देशभरिका दलित एकजुट भएर संघर्षमा उत्रनुकाे बिकल्प नभएकाे बताए ।
उनले दलित अगुवा दासले अधिकार त्यतिकै नपाइने भएकाले खाेसेर लिनु पर्ने बताए।
प्रदेश २ मा २० लाख बढि मधेशी दलित छन् ।
तिनै तहका सरकार दलितकाे हकअधिकार कार्यन्वयन गर्न हिचकिचाइ रहेकाे अध्यक्ष मनाेज पासवानले बताए ।