चलचित्र ‘भाँडाकुटी’ मा मुकुन र बेनिशा

चलचित्र ‘भाँडाकुटी’ मा मुकुन भुसाल र बेनिशा हमालले सँगै अभिनय गर्ने भएका छन्। 

किरण विकको लेखन तथा निर्देशनमा बन्ने यो चलचित्रमा विवाहको विषयमा चार कथा बुनिएको छ।

चलचित्रको चारओटै कथा बिहेसम्बन्धी हो जस मध्येको एउटा कथा दलित अन्तरजातीय प्रेम विवाहबारे हुने पनि उनले बताए। 

कलम खड्का निर्माता रहेको यो चलचित्र निर्माणको घोषणा घटस्थापनामा भए पनि छायांकनकाे काम फागुनबाट मात्रै सुरु हुने जानकारी निर्माण पक्षले गराएको छ। 

महावीर विश्वकर्मा, शेखर सुवेदी, रिजेन थापा आदि कलाकारको पनि अभिनय रहने यो चलचित्रको छायांकन बुटवलमा हुनेछ। 

चलचित्रको स्क्रिनप्ले किरण विक र गोपाल आचार्यले संयुक्त लेखिरहेका छन्। 
निशल पौडेलको सिनेमेटाेग्राफीमा याे चलचित्र बन्नेछ।

प्रकाशित मिति: : 2020-10-18 14:44:00

प्रतिकृया दिनुहोस्