सामाखुशीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

 काठमाडौंको सामाखुशीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

आइतबार काठमाडौं महानगरपालिका २६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्कर दिँदा झापा पञ्चगाक्षी गाउँपालिका ४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-19 06:44:00

प्रतिकृया दिनुहोस्