रामकृष्ण ढकालको गीतमा विष्णु र रोश्नाको अभिनय (भिडियो)

रामकृष्ण ढकालको स्वरमा सजिएको नयाँ गीत अधरको म्यूजिक भिडियो बजारमा
रामकृष्ण ढकालको स्वरमा सजिएको नयाँ गीत अधरको म्यूजिक भिडियो बजारमा

लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा सजिएको नयाँ गीत अधरको म्यूजिक भिडियो बजारमा आएको छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को शब्द रहेको गीतमा  शिखर शन्तोषको संगीत रहेको छ भने भिडियोको निर्देशन सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले गरेका हुन । 

निर्देशक श्रेष्ठकै छायांकन, सम्पादन रहेको गीतको भिडियो  बलिउड, हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरुमा छायांकन गरिएको निर्माण यूनिटले जनाएको छ ।  

डा।दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियोमा बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल र  मोडल रोश्ना कार्कीको अभिनय रहेको छ । 

विष्णुले यस भिडियो मार्पmत मोडलिङमा पनि हात हालेका छन् भने रोश्ना  बेलायतमा स्थापित मोडल हुन् । रोश्नाले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । एक साता अघि बेलायतस्थित नेपाली दुतावासमा एक समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति: : 2020-10-19 07:59:00

प्रतिकृया दिनुहोस्