हाँस्य कलाकार शिवहरी पौडेललाई मातृशोक

हाँस्य कलाकार शिवहरी पौडेललाई मातृशोक परेको छ। 

पौडेलको आमाको १०० वर्षको उमेरमा निधन भएको हो। आइतबार राति ११ बजेर ०९ मिनेट उनको आमको मृत्यु भएको जनाइएको छ।

‘दुखद् खबर लेख्न वाध्य भएं आमा। एउटा छोराले गर्ने कर्तव्य मैले गरेकी गरिन मलाई थाहा छैन आमा। १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो। त्यस्पछि हजुरलाई बचाउँन सकिएन आमा, मलाई माफ गर्नुहोला,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

निधनको बारेमा अर्की कलाकार दिपाश्री निरौलाले पनि सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले लेखेकी छन्, ‘१०० सम्म आमाले सन्तानलाई माया अनि दाईले आमा भन्न पाउनु भो। मन त भारी हुन्छ त्यो पिडा मलाई नी थाहा छ। तर मनलाई बुझाउनु पर्छ दाई। भावपूर्ण श्रद्धांजली आमाको आत्माले शान्ति पाओस्।’

प्रकाशित मिति: : 2020-10-19 10:04:00

प्रतिकृया दिनुहोस्