तीन तहका सरकार हुँदा पनि जनताका दुःख उस्तै !

रातोपाटी

काठमाडौं 
तस्विर ः रातोपाटी

सुदर्शन आचार्य 

मुलुकमा संघीयता कार्यान्वयनसँगै तीन तहका सरकार अस्तित्वमा आए पनि सामान्य नागरिकले शासकीय स्वरुप परिवर्तनका बाबजुद आफ्नो जीवनमा तात्विक भिन्नता नभएको टिप्पणी गरेका छन् ।

स्थानीय तह, प्रदेश र संघीय सरकार गरी देशमा तीन तहका सरकार अस्तित्वमा छन् । संघीयतालाई जनताको मुहारमा खुशी ल्याउने बुटीसरह प्रचार गरिए पनि जनताले सार्थक परिवर्तनको अनुभूति गर्न नसकेका हुन् ।

मुलुकमा तीन तहका सरकार गठन भएको झण्डै तीन वर्ष हुँदैछ । नेपालको सन्दर्भमा नयाँ अभ्यास भए पनि तीनै तहका सरकारले समग्रमा झण्डै तीन वर्ष बिताइसकेका छन् । पाँच वर्षका लागि निर्वाचित तीनै तहका सरकारले आधाभन्दा बढी समय बिताइसकेको अवस्थामा ती सरकारले जनताको मुहारमा कति प्रशन्नता दिएका छन् त भन्ने प्रश्न असान्दर्भिक होइन । यसबीचमा जनताले कस्तो अनुभव गरे भन्ने विषयले तीनै तहका सरकारलाई जनउत्तरदायी बनाउनका साथै बाँकी कार्यकालका निम्ति मार्गदर्शन गर्न सक्छ ।

तीन तहका सरकारले अहिलेसम्म गरेका काम कारवाहीको छाप जनतामा कस्तो परेको छ ? रातोपाटीले विभिन्न क्षेत्रमा केही सर्वसाधारणसँग जिज्ञासा राखेको छ ।

प्रकाशित मिति: : 2020-10-19 11:13:00

प्रतिकृया दिनुहोस्