विराटनगरमा थप चार कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर २ की महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो।

त्यस्तै विराटनगर ३ र ग्रामथान ४ का पुरुषको नोबेल अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ। 

ग्रामथानका पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थिए।

 स्वाब परीक्षण गराउँदा असोज २९ गते कोरोना पुष्टि भएको थिए।

विराटनगर ३ का पुरुषलाई असोज २७ गते कोरोना पुष्टि भएको थियो। उनलाई शरीरमा अक्सिजन र रगतमा सुगरको मात्रा कमी हुनुका साथै श्वासप्रश्वासमा समस्या आएपछि आइतबार साँझ अस्पताल भर्ना गराएको थिए।

 उपचारकै क्रममा मृत्यु भएको हाे।

यस्तै, पथरीशनिश्चरे १ का पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ। 

उनलाई कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजिटिभ आएको थियो। ती व्यक्ति मिर्गौलासम्बन्धी रोगले पीडित रहेका थिए। यससँगै प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-19 13:08:00

प्रतिकृया दिनुहोस्