कोही किन बलात्कारी हुन्छ ?

शिलापत्र

काठमाडौं 
तस्विर ः काठमाडौंप्रेस

नारायण घिमिरे

विगतमा तिन दशक लगाएर कुख्यात बलात्कारीहरूमा गरिएको अर्थपूर्ण विस्तृत अनुसन्धानले देखाए अनुरूप धेरै यौन हिंसा, आपत्तिजनक दुर्व्यवहार र त्यसमा विशेष गरी बलात्कार जस्ता अपराधहरूको प्रत्यक्ष सम्बन्ध मानसिक स्वास्थ्यमा देखिएको विकृत सँग सम्बन्धित रहने गर्छ।
 
बलात्कार सम्बन्धका धेरै जसो अनुसन्धानहरू प्राय: पश्चिममा मुलुकमा भएका अनुसन्धानहरु छन्। नेपाल जस्ता मुलुकहरुमा पछिल्लो समयमा मौलाएको बलात्कारबारे बलात्कारीहरूमा अर्थपूर्ण अनुसन्धान गर्न नसकिएकोले बलात्कारजन्य गतिविधिहरुको नियन्त्रणको लागि बलात्कारीलाई अपराधी करार गरी दण्डित गर्नुमा सीमित बनिदिएकोले समस्या समाधानतर्फ नभएर दिन प्रतिदिन मौलाउँदो क्रममा छ।

एक बलात्कारी जब एउटा बलात्कारमा सफल हुन्छ उसमा अर्को बलात्कार गर्ने रहर विकास हुन्छ । ऊ जति पटक सफल बलात्कार गर्दै जान्छ उसमा पुन बलात्कार गर्ने मनोवैज्ञानिक आदत विकास हुन्छ । परिणाम स्वरुप उसको अपराध पटक पटक दोहरिने गर्छ । ऊ सिरियल बलात्कारीमा परिवर्तन हुन्छ। 

भारतको नयाँ दिल्लीको तिहाड जेलमा २४२ बलात्कारीहरूमा गरिएको अध्ययनमा ७२ प्रतिशत सिरियल बलात्कारीहरू बलात्कारको नसाले ग्रस्त मनोवैज्ञानिक रोगी भेटिएका थिए।

प्रकाशित मिति: : 2020-10-19 13:35:00

प्रतिकृया दिनुहोस्