कर्फ्यू जारी हुने सूचना भ्रामक: गृह मन्त्रालय

गृह मन्त्रालयले कर्फ्यू लाग्ने सूचना सम्प्रेषण भइरहेको भन्दै उक्त सूचना भ्रामक भएको जानकारी दिएको छ।

पछिल्लाे समय काेराेना भाइरस संक्रमतिहरुकाे संख्या बढ्दै गएपछि मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा संकटकाल लाग्ने र कर्फ्यू लाग्ने लगायतका सूचनाहरु प्रकाशित भइरहेका छन्।

तर ती सबै सूचनाहरु तथ्यहीन, भ्रामक, निराधार र गलत भएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।

गृहले यस घटनालाई गम्भीरतापुर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: : 2020-10-19 18:25:00

प्रतिकृया दिनुहोस्