संसदमा रास्वपा र राप्रपाको अवरोधका बीच ओ‌ली-देउवा-प्रचण्ड सघन छलफलमा

फाइल तस्बिर
फाइल तस्बिर

संसदका तीन ठूला दलका शीर्ष नेताहरू आज फेरि छलफलमा बस्ने भएका छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता तय भएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी तय भएको छ।

छलफल विशेषतः संसदमा जारी रास्वपा र राप्रपाको अवरोध, रास्वपाको माग लगायत समसामयिक राजनीतिक विषयमा केन्द्रीत हुने बताइएको छ।

प्रकाशित मिति: : 2025-06-18 12:35:00

प्रतिकृया दिनुहोस्