आइपिएलमा चेन्नईको सातौं हार, प्ले अफमा पुग्ने सम्भावना अंकगणितीय मात्रै

जस बटलर चम्कँदा इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत साेमबार राति भएकाे खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ।

जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेकाे हाे। राजस्थानका बटलर ४८ बलमा ७ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे। 

यता कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे। उनले ३४ बलमा २ चौका प्चौरहार गरे।

ओपनर बेन स्टोक्सलाई ११ बलमा ३ चौका सहित १९ रनमा बोल्ड आउट भए।  रोविन उथप्पालाई ४ रनमा क्याच आउट भए।

यता सन्जु स्यामसन  शून्यमा आउट भएका थिए। 

चेन्नईका दीपक चहरले ४ ओभरमा १ मेडन सहित १८ रन खर्चेर २ विकेट लिए। जोश हेजलवुडको नाममा एक विकेट रह्यो।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो। 

चेन्नईका लागि अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौका सहित सर्वाधिक ३५ रनमा अविजित रहेका थिए। 

महेन्द्रसिंह धोनी २८ बलमा २ चौका सहित २८ रनमा रन आउट भए। यस्तै} साम करन २२ रनमा क्याच आउट हुन पुगे।  करनले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे। 

आम्बाती रायुडु १३, फाफ डु प्लेसिस १०, शेन वाटसन  ८ रनमा आउट हुन पुगे।

केदार जाधव ४ रनमा अविजित रहे।

श्रेयस गोपालले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए। राहुल टेवाटियाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। 

कार्तिक त्यागीले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए। जोफ्रा आर्चर २० रन खर्चेर १ विकेट लिए।

जारी आइपिएलमा चेन्नईको यो सातौं हार हो।  चेन्नई १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ। 

चेन्नई अव प्ले अफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएरमात्र हुँदैन अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्ने हुन्छ। 

राजस्थानले चौथो जित निकाल्दै झिनो आशा कायमै गरेको छ। राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ। 

चेन्नईले अब शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ। राजस्थानले बिहिबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित मिति: : 2020-10-20 05:37:00

प्रतिकृया दिनुहोस्