धोनी बने आइपिएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी

इन्डियन प्रिमियर लिग (आइपिएल)को इतिहासमा महेन्द्र सिंह धोनी २ सय खेल खेल्ने पहिलो खेलाडी बनेका छन्।

युएईमा जारी १३ औं संस्करणको आइपिएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलसँगै चेन्नई सुपर किङ्सका कप्तान धोनीले आइपिएलमा २ सय खेलकाे आँकडा चुमेका हुन्।

धोनीले सन् २००८ बाट आइपिएल खेलिरहेका छन्। धोनीले २०१५ सम्म चेन्नईबाट खेलेका थिए। त्यसपछि म्याच मिलेमहताे सन् २०१६ र १७ को वर्ष राइजिङ पुने सुपरजायन्ट्सबाट खेलेका थिए।

चेन्नईलाई खेलमा मिलेमतो गरेको भन्दै कारबाहीस्वरूपमा दुई वर्ष प्रतिबन्ध लागेपछि उनी पुनेपुगेका थिए। त्यसपछि चेन्नईका खेलाडी विभिन्न टोलीमा स्थानान्तरण भए। धोनी भने पुनेमा आबद्द भएका थिए। सन् २०१६ र २०१७ को सिजनमा उनले पुनेबाट दुई संस्करण खेलेपनि चेन्नईलाई जस्तो पुनेलाई उनले सफलता दिलाउन सकेनन्।

सन् २०१६ मा धोनीको कप्तानीमा आइपिएल खेलेको पुनेले सातौं स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो। 

उनलाई पुनेले २०१७ सालको आइपिएलका लागि खेलाडीको लिलामी हुनुभन्दा पहिले नै कप्तानीबाट बर्खास्त गर्‍याे। उनको स्थानमा अस्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तान नियुक्त गरिएको थियाे। 

यद्यपी दशौं संस्मरणको उपाधि मुम्बई इन्डियनले जित्याे। फाइनलमा मुम्बईले पुनेमाथि एक रनको रोमाञ्चक जित हासिल गरेकाे थियाे।

तर, धोनी २०१८ बाट भने पुन: चेन्नईबाट खेलिरहेका छन्।

यसपाली चेन्नईको यो सातौं हार व्यहाेरेकाे छ। चेन्नई १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ। 

चेन्नई अव प्ले अफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएरमात्र हुँदैन अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्ने हुन्छ।

यद्यपी विकेट किपर ब्याट्सम्यान धोनीले आइपिएलको २ सय खेलमा १ सय ७८ इनिङ्समा ४ हजार ५ सय ६८ रन बनाएका छन्।

धोनी आइपीएल क्रिकेटको इतिहासमा सबैभन्दा सफल कप्तान मानिन्छन्। उनको कप्तानीमा चेन्नाईले ३ पटक आइपिएलको उपाधि जितेको छ भने चार पटक उपविजेता बनेको छ।

प्रकाशित मिति: : 2020-10-20 07:13:00

प्रतिकृया दिनुहोस्