जसपा सचिवालयको प्रावधानलाई हटाइयाे, कार्यकारिणी समिति नै शाक्तिशाली हुने

जनता समाजवादी पार्टी (जसपा)नेपालमा सचिवालयको प्रावधानलाई हटाइएको छ।

कार्यकारिणी समितिको बैठकले गरेको विधान संशोधन अनुसार विधानको दफा १८ उपदफा ६ मा पार्टीको कार्य सञ्चालन गर्न आवश्यक देखिएमा आफ्नो समिति संख्याको एक तिहाइसम्म सदस्य राखी केन्द्रीय केन्द्रीय सचिवालय गठन गर्ने उल्लेख थियो।

तर सो उपदफाको पार्टीभित्र व्यापक विरोध भएपछि हटाएको हाे। 

पार्टीको सर्वोच्च निकाय महाधिवेशन भएपनि अब काम गर्ने हिसाबले कार्यकारिणी समिति नै शाक्तिशाली हुनेछ। 

सचिवालयको काम कार्यकारिणी समितिले नै गर्नेछ। केन्द्रका अन्य कार्यकारी समितिहरु भन्दा कार्यकारिणी समिति छोटो रहेको कारण यही समिति सक्रिय रहनेछन्। 

 

प्रकाशित मिति: : 2020-10-20 14:08:00

प्रतिकृया दिनुहोस्