यसरी त ध्वस्त भयो नेपाली!

सेतोपाटी

काठमाडाै‌

यसरी त ध्वस्त भयो नेपाली भाषा! 

एउटै सेन्टेन्समा कति धेरै इङ्ग्लिस वर्ड युज गर्ने भइएछ। कस्तो नर्मल वर्ड पनि बिगारिने छ्या!

अब त शुद्ध नेपाली बोल्छु। ग्रामर बिग्रिए पनि कम्तीमा वर्ड शुद्ध युज गर्छु। मनमनै पनि शुद्ध सोच्छु। अहिल्यैबाट स्टार्ट गर्नुपर्‍यो। जस्तै नर्मल इङ्ग्लिस वर्डलाई पनि नेपाली वर्डले रिप्लेस गर्छु। यो पाराले त भएन!

ह्यात्तेरीका! 'रिप्लेस' लाई नेपालीमा के भन्छन्? 

हैन, स्कुल पढ्दासम्म त नेपालीको 'डन' थिएँ त म। अझै याद छ, चार क्लास पढ्दा नयाँ स्कुल गएको दिन। गएको भोलिपल्टै पुनमले, 'तिम्रो नेपाली त कति राम्रो, सरकारी स्कुलबाट आको हो तिमी?' भनेर सोधेको।

जाबो चारमै पढ्दा, 'राम्रो नेपाली त सरकारी स्कुलमा मात्रै सिकिन्छ' भनेर कसले पो सिकायो होला उसलाई!

हुन त 'मे आइ गो टु पिस म्याम?' को ठाउँमा 'म्याम, पिसाब फेर्न जाम?' भनेपछि, जरिबाना तिर्नुपर्छ भन्ने सुन्दै हुर्केको मान्छेलाई, त्यस्तो लाग्नु अब्भियस पनि होला। मतलब, सामान्य होला।

खैर, त्यो कुरा छाडौं। अँ, त्यसरी गज्जब नेपाली बोलेर सरकारी स्कुलेको ट्याग नै लागेको मान्छे, मेरो नेपाली कहिले चाहिँ यस्तो ध्वस्त हुन भ्याएछ!  फेरि 'ट्याग'। पगरी लगाएको भन्दा ठीक होला है? 

प्रकाशित मिति: : 2020-10-21 10:22:00

प्रतिकृया दिनुहोस्