नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चतकालिन कर्फ्यू

नाइजेरियाको सबैभन्दा ठूलो शहर लागोसमा अनिश्चतकालका लागि कर्फ्यू लगाइएको छ।

प्रहरी क्रुरताको विरोधमा भएपछि कर्फ्यू लगाइएकाे हाे।

क्रुरताको विरोध भएकाे प्रदर्शनमा प्रहरीले हानेको गोली लागेर झण्डै २० जनाको ज्यान गएकाे थियाे भने ५० जना घाइते भएका छन्।

मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एम्नेष्टी इन्टरनेश्नलले आफूसँग ज्यान गुमाएकाहरुसँग जोडिएको प्रमाण रहेको दाबी गरेको छ। 

प्रशासनले गोलाबारीको यो घटनामा अनुसन्धान थालेको जनाएको छ। घटनापछि लागोससँगै अरु इलाकामा अनिश्चितकालका लागि कर्फ्यू लगाइएको छ।

प्रकाशित मिति: : 2020-10-21 12:16:00

प्रतिकृया दिनुहोस्