अलराउन्डर ब्राभो आइपीएल छाडेर घर फर्किए

अलराउन्डर ड्वेन ब्राभोले इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को जारी सिजनका बाँकी खेल नखेल्ने भएका छन्।

चोटका कारण उनले बाँकी खेल्न नसक्ने भएका हुन्। चेन्नईका प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले ब्राभोले आइपीएल नखेल्ने पुष्टि गरेका हुन्।

अक्टोबर १७ तारिखमा दिल्ली क्यापिटल्ससँग भएको खेलमा ब्राभो घाइते भएका थिए। दिल्लीविरुद्धको खेलमा चोट बोकेका उनले अन्तिम ओभरमा समेत बलिङ गरेका थिएनन्। 

कप्तान महेन्द्रसिंह धोनीले ब्राभोको स्थानमा रबिन्द्र जडेजालाई अन्तिम ओभर बलिङ गर्न लगाएका थिए।

खराब लयबाट गुज्रिरहेको तीन पटकको विजेता र पाँच पटकको उपविजेता चेन्नई यो सिजन पहिलो चरणबाटै बाहिरिने सम्भावना रहेकाे छ। चेन्नईले अब मात्र चार खेल खेल्न बाँकी छ।

चोटका कारण ब्राभो अब सिधै घर फर्कने बताइएको छ। क्यारेबियन प्रिमियर लिग खेल्दा लागेको चोटका कारण ब्राभोले यो सिजन आइपीएलका सुरुवाती तीन खेल गुमाएका थिए। 

उनले ६ खेलमा ६ विकेट लिएका थिए।

ब्राभो टिमबाट बाहिरिएसँगै चेन्नइले इमरान ताहिरलेमैदान उत्रन सक्नेछ। यस सिजन ताहिरले एक खेल पनि खेल्न पाएका छैनन्।

स्मरण रहाेस् प्रतियोगिताको सुरुवातमा हरभजन सिंह र सुरेश रैनाले प्रतियोगिता खेल्न अस्वीकार गरेका थिए।

प्रकाशित मिति: : 2020-10-21 17:24:00

प्रतिकृया दिनुहोस्