‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीको भेटवार्ता आपत्तिजनक: नेता रावल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट आपत्तिजनक भएको बताएका छन्।

प्रधानमन्त्री र ‘रअ’ प्रमुख सामन्त कुमार गोयल बीच बुधबार बेलुकी बालुवाटारमा शिष्टाचार भेट भएको खुलेपछि रावलले आपत्ति जनाएका हुन्।

गृह तथा रक्षामन्त्री रहिसकेका नेता रावलले ‘रअ’का प्रमुखकाे भेटे कुटनीतिक मर्यादाविपरित समेत रहेको समेत बताएका छन्।

‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ,’ रावलले भनेका छन्।

प्रकाशित मिति: : 2020-10-22 14:34:00

प्रतिकृया दिनुहोस्