बुवाको बिँडो थाम्दै काँक्रा, करेला, टमाटर फलाइरहेका शिशिर

तस्बिर : सेतोपाटी

नारायण खड्का

ट्रष्टभित्र पस्दा नेटमा तल्याङ्तुर्लुङ झुन्डिएका काँक्रा, करेला, टमाटर टाउकोमा ठोक्किन्छन्। त्यही ट्रष्टभित्र भेटिन्छन्, २५ वर्षीय शिशिर रावत।

बाहिर दिउँसोको चर्को घाम छ। रावत भने ट्रष्टभित्र काम गर्न व्यस्त छन्। हामी पुग्दा उनी टमाटर टिप्दै थिए। 

चाडपर्व नजिकै आएकाले उनलाई भ्याइनभ्याई छ। बजारमा तरकारीको अधिक माग छ। उनको तरकारीबारी तुलसीपुर बजारदेखि १२ किलोमिटर जति दक्षिणमा पर्छ। 

तुलसीपुर-अमिलिया सडक खण्डअन्तर्गतको तुलसीपुर उपमहानगरपालिका-१३ बखरीयामा उनले आफ्नै जग्गामा तरकारी खेती गरेका छन्। 

अहिले उनले १० कठ्ठा जग्गामा तरकारी लगाएका छन्। त्यसमा उनले प्लाष्टिकको टनेल हाउस पनि बनाएका छन्। २-३ कठ्ठाका दरले फरक-फरक तरकारी लगाइएको छ। 

‘अलि बढी टमाटर र काँक्रा छ, कम करेला कम छ,’ शिशिरले भने, ‘बजारलाई मध्यनजर गर्दै हामी तरकारी लगाउँछौं।’

उनको बारीमा यतिखेरै सबै तरकारी बेच्न तयार भएका छन्। दैनिक साढे दुई क्विन्टलसम्म बिक्री तरकारी बिक्री हुन्छ। अन्त लैजानु पर्दैन, तुलसीपुरमै सबै बिक्री हुन्छ। काँक्रा किलोको ३० देखि ३५, टमाटर ५० देखि ६० र करेला पनि लगभग त्यस्तै मूल्यमा बिक्री हुन्छ। व्यापारीले तरकारीको मूल्य आफैं गर्ने हुँदा तरकारीको भाउ तलमाथि भइरहन्छ। त्यसले गर्दा  किसान मर्कामा पर्ने गरेको शिशिरको बुझाइ छ।

प्रकाशित मिति: : 2020-10-23 15:22:00

प्रतिकृया दिनुहोस्