महामारीका बेला बजेट कार्यान्वयन कति चुनौतीपूर्ण?

नेपाल लाइभ

काठमाडौँ
फाइल तस्बिर

हेमन्त जोशी

चालू आर्थिक वर्षको पहिलो तीन महिना अवधिमा नेपालको कुल बजेट खर्च वार्षिक विनियोजित बजेटको १३ दशमलव ६४ प्रतिशत बराबर छ। आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा गत असोज मसान्तसम्ममा २ खर्ब १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकबाट देखिन्छ।

यो अवधिमा चालूगततर्फ कुल विनियोजित बजेटको १९ दशमलव २४ प्रतिशत अर्थात १ खर्ब ८२ अर्ब ६१ लाख ७४ हजार रुपैयाँ खर्च भएको छ भने पुँजीगतगत शीर्षकमा कुल वार्षिक विनियोजित बजेटको ४ दशमलव २६ प्रतिशत अर्थात १५ अर्ब ४ करोड ५८ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ।

त्यस्तै वित्तीय व्यवस्थापततर्फ कुल विनियोजित बजेटको १ दशमलव ९८ प्रतिशत अर्थात ३ अर्ब ४१ करोड ३९ लाख रुपैयाँ बराबर खर्च भएको छ।

सार्वजनिक खर्चमा चालू आर्थिक वर्षको पहिलो तीन महिना अवधि र विगत वर्षहरूका प्रवृत्ति हेर्दा खर्च नीति र व्यवस्थापन दुवैमा समस्या थपिँदै गएको देखिन्छ। एकातिर चालु खर्चको आकार अनियन्त्रित तरिकाले लगातार बढिरहेको छ भने अर्कोतर्फ सोही अनुपातमा पुँजीगत खर्च बढ्न नसकेको स्थिति छ। अझ पुँजीगत बजेटको ठूलो अंश आर्थिक वर्षको अन्त्यतिर आएर खर्च गर्ने प्रवृति छ। यसबाट जथाभावी र गुणस्तरहीन तरिकाले पुँजीगत खर्च हुने प्रवृत्तिले प्रोत्साहन पाएको पाएको छ।

अहिले कोभिड १९ महामारीको असामान्य अवस्थामा मुलुकको अर्थतन्त्र धराशायी नै हुने अवस्थामा पुग्दा पनि वार्षिक विनियोजित बजेट खर्चमा सरकारकाले देखाउने प्रवृत्तिमा भने पुरानै शैलीको पुनरावृति देखिएको छ। अझ यसअघिका वर्षमा भन्दा यसवर्ष कोरोना भाइरस महामारीका कारण विकास निर्माणका काम ठप्प प्राय हुँदा चालु खर्चको तुलनामा पुँजीगतगत खर्चको अंश निकै न्यून छ। 

प्रकाशित मिति: : 2020-10-24 15:03:00

प्रतिकृया दिनुहोस्