भारतीय सेनाको क्यान्टिनमा विदेशी रक्सिदेखि अन्य सामान बेच्न प्रतिबन्ध

भारत सरकारको ‘आत्मनिर्भर अभियान’ अन्तर्गत अब भारतीय सेनाको क्यान्टिनमा विदेशी सामानको बिक्री बितरण बन्द भएको छ। 

भारतभरि आर्मीको ४ हजार क्यान्टिन छन्। यहाँ महंगा विदेशी रक्सिदेखि इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने गर्छ। यहाँ सबै सामान डिस्काउन्ट मूल्यमा उपलब्ध हुन्छ। 

केन्द्र सरकारले यी सबै क्यान्टिनमा विदेशी सामान आयात नगर्न आदेश दिएको छ। स्वदेशी उत्पादनलाई प्रमोट गर्ने अभियानअन्तर्गत यो निर्णय गरिएको सरकारले बताएको छ। 

आर्मीको क्यान्टिनलाई देशको सबैभन्दा ठूलो रिटेल चेनको रूपमा पनि हेर्ने गरिन्थ्यो। यी क्यान्टिनबाट हरेक वर्ष २ सय करोड भारतीय रुपैयाँ बराबरको बिक्री बितरण हुँदै आइरहेको थियो। 

१९ अक्टुबरमा रक्षा मन्त्रालयले विदेशी वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। जसको सर्कूलर अहिले गएको छ। यो सम्बन्धमा जल, थल र हवाई सेनाका पदाधिकारीसँग गत मे र जुलाईमा कुराकानी भएको थियो। 

भारतको आर्मी क्यान्टिनमा बिक्री हुने सामानमा ७ प्रतिशत उत्पादन विदेशी थियो। जसमा चीनबाट डाइपर, भ्याक्युम क्लिनर, ह्याण्ड ब्याग र ल्याप टप समावेश छन्।

प्रकाशित मिति: : 2020-10-24 17:12:00

प्रतिकृया दिनुहोस्