ललितपुर, मोरङ र पर्सामा भएका दुर्घटनामा ३ जनाको मृत्यु

ललितपुर, मोरङ र पर्सामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

ललितपुरको नख्खुमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका १४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको पाटन अस्पतालमा उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी मोरङको कानेपोखरी जंगलमा पर्ने सडकमा शनिबार साँझ नम्बर नखुलेको सवारी साधनको ठक्करबाट करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको मंगलबारे अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो। 

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका १६ नगवाचोकमा ना.३ ख ९४२८ नम्बरको टिपर, अनटेष्ट लेखेको ट्याक्टर र सोही स्थान बस्ने ३२ वर्षीय गौरी शंकर मिश्राले चलाएको साइकल आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा साइकलयात्रीको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-10-25 12:33:00

प्रतिकृया दिनुहोस्