कक्षा १२ को परीक्षा गर्दा जोखिम हुँदैन? बोर्ड भन्छ- स्वास्थ्य मापदण्ड पालना गर्छौं

देखापढी

काठमाडौँ
सांकेतिक तस्बिर

कृष्णसिंह धामी

 गत वैशाखमा रोकिएको कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुँदै छ। मन्त्रिपरिषद्को सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिकासमेत सार्वजनिक गरेर आवश्यक तयारी थालेको छ।
 
विद्यार्थीले परीक्षा केन्द्रमा गएरै आधा घण्टादेखि डेढ घण्टाको अवधिमा परीक्षा दिनुपर्नेछ। घरनजिक भएको विद्यालय (होम सेन्टर)मा गएर परीक्षा दिने व्यवस्था मिलाइने बोर्डले जनाएको छ।
 
तर, शिक्षाविद् तथा जनस्वास्थ्यविद्हरूले भने बोर्डको परीक्षा लिने प्रणालीमा प्रश्न उठाएका छन्। केन्द्रमै गएर परीक्षा लिँदा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै उनीहरूले यसबारे बोर्डले पुनर्विचार गर्नुपर्ने बताएका हुन्।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थीहरू परीक्षा केन्द्रमा पुगेरै परीक्षा दिने व्यवस्थाप्रति आपत्ति जनाए। “यसरी परीक्षा गर्नैपर्ने थियो त किन वैशाखमा स्थगित गरियो। त्यही बेला परीक्षा गर्नु र अहिले गर्नुमा के फरक छ?,” उनले प्रश्न गरे।

प्रकाशित मिति: : 2020-10-25 14:55:00

प्रतिकृया दिनुहोस्