यसरी पनि मनाउन सकिन्छ दसैं

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

उमेशप्रसाद उपाध्याय

जो मनुष्य अहार–विहार, नियम–संयम तथा अन्य सबै कार्यमा सन्तुलन राख्छ, उद्वारा गरिएको योग दुःखनासक हुन्छ ।’

–श्रीमद्भगवत गीता

अर्थात योग र प्राणायाम एउटा यस्तो शारीरिक एवं अध्यात्मिक क्रियाहरु हुन्, जसले सबै दुःखको  समुलनाश गर्छ र जीवनमा भरपुर सुख–शान्ति प्राप्त हुन्छ । यसप्रकार यसले हताश, निराशा, अशान्ति, तनाव, विषाद, खालीपन तथा आत्महीनता जस्ता मानव मनका मनोविकारहरु हटाउँछ ।

योग र प्रणायामको विधिसम्मत नियमित साधनाले एकातिर सामान्य तथा असाध्य रोगहरुबाट साधकलाई मुक्त गराउँछ भने अर्कोतिर यसको अध्यात्मिक प्रभावले उसको चित्तलाई शान्त तथा निर्मल बनाउँछ । 

शरीर स्वस्थ र मन शान्त तथा निर्मल हुनु भनेको नै साधकले निश्चितरुपमा जीवनको सार्थक प्रतिफल प्राप्त गरेको हो भनेर भन्न सकिन्छ ।

वर्तमान अवस्था

सम्पूर्ण विश्व अहिले कोरोना महामारीको चपेटामा छ । यी हरफहरु लेखिँदासम्म विश्वमा ४ करोड २५ लाखभन्दा बढी मानिसहरु यस रोगबाट संक्रमित भइसकेका छन् भने ११ लाख भन्दा बढी मानिसहरुले आफ्नो अमूल्य जीवन गुमाईसकेका छन् ।

तीन करोड जनसंख्या भएको हाम्रो मुलुक नेपाल पनि संक्रमणको उच्चदर पछ्याउँदै महामारीको चपेटामा नराम्ररी फसेको छ । अहिलेसम्म देशभित्र मात्र यस रोगबाट १ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भैसकेका छन् भने ८ सय २९ जनाले ज्यान गुमाईसकेका छन् । यो पंक्ति लेखिदासम्म नेपालमा तुलनात्मक रुपमा मृत्युदर कम देखिएता पनि संक्रमणदर अन्य देशको तुलनामा अत्तिउच्च भएकोले भोलिका दिनमा जनस्वास्थको अवस्था के हुन्छ आंकलन गरिहाल्न सकिने अवस्था छैन । 

कोरोना महामारीले सम्पूर्ण विश्वमा नै मानव समाजलाई बहुआयामिक रुपमा नकारात्मक असर पारेको छ । देशहरु लकडाउनमा जानाले सार्वजनिक यातायात, हवाईसेवा, उद्योग–कलकारखाना, शैक्षिक संस्था, मनोरञ्जन क्षेत्र, खेलजगत आदि सबै दीर्घकालीन रुपमा नकारात्मक असर पर्ने गरी प्रभावित भएका छन् । करोडौं मानिसले रोजगारी गुमाएका छन्, उत्पादन घटेको छ । देशको आर्थिक वृद्धिदर न्यून भएको छ । 

प्रकाशित मिति: : 2020-10-25 18:12:00

प्रतिकृया दिनुहोस्