के हुन् उपयोगी मिडिया ? कस्ता हुन्छन् सक्रिय उपभोक्ता ?

हिमाल खबर

काठमाडौँ
सांकेतिक तस्बिर

मधु राई 

बन्दाबन्दी शुरु भएको एक महीनापछि शिक्षक सहकर्मीहरुस“ग थालेको एकघन्टे भर्चुअल संवाद कार्यक्रमले हामीलाई समयको सदुपयोग गर्न मात्र होइन आफूले सामाजिक सञ्जालबाट सिकेका सीप आदानप्रदान गर्नसमेत सिकायो। हामीमध्ये कतिपयले लेख्दै आएको दैनिकी अन्य शिक्षकले समेत लेख्न थाले। शिक्षालगायत सामाजिक सरोकारका विषयमा सम्प्रेषित समाचार र लेख खोजेर पढ्न जाने।

यसबीच केही शिक्षक सहकर्मीले युट्युबबाट हेरेर थरिथरिका मास्क, भित्री लुगा, खानाका परिकार बनाउन सिके। केहीले बालचित्रकथा लेख्न र बालगीत सुनेर अभ्यास गर्दैछन्। यस्तै सामाजिक सञ्जालबाट सिलाइ सम्बन्धी सिकेको सीप तिखार्न र साप्ताहिकरुपमा हरेक शक्रबार अरुलाई सिकाउन थालेका छौं।

यसरी विषम परिस्थितिलाई सहज बनाउन र सिकेको सीपलाई परिमार्जन गर्न दुई सातादेखि दैनिक तीनघन्टा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ भेटघाट थालेका छौं। हामी अस्मिता महिला प्रकाशन गृहले १५ वर्षअघि महिलालाई सञ्चारसम्बन्धी साक्षर बनाउन प्रकाशित गरेको ‘उपयोगी मिडिया सक्रिय उपभोक्ता’ हाते पुस्तिका वाचन पनि गर्छौं।

उपयोगी मिडियाले उपभोक्तालाई कसरी सक्रिय बनाउँछ र यसले उपभोक्ताको दैनिकी र जीवनशैलीमा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउँदैछौँ। उति वेला अस्मिता प्रकाशन गृहले थालेको उक्त एकवर्षे परियोजनामा मैले पनि सञ्चार सहजकर्ताको भूमिका निर्वाह गर्ने अवसर पाएको थिए“।
 

प्रकाशित मिति: : 2020-10-28 08:55:00

प्रतिकृया दिनुहोस्