अमेरिकामा चुनावको मुखमा फेरि कोरोना बढ्यो, साता दिनमा ९ लाख नयाँ संक्रमित

अमेरिकामा राष्ट्रपति चुनावभन्दा अगाडि फेरि कोरोनाका कारण जनजीवन अस्तव्यस्त बन्न थालेको छ। 

केही दिनयता कोरोना संक्रमित तीब्र गतिमा बढ्न थालेपछि चिकित्सकहरू अतालिएका छन्। 

पछिल्लो साता दिनमै यहाँ पाँच लाखको हाराहारीमा नयाँ संक्रमित फेला परेका छन्। यसमा ५६ सय मानिसको निधन भइसकेको तथ्यांकले बताएको छ। 

विभिन्न एजेन्सीका अनुसार कोरोनाबाट सबैभन्दा प्रभावित राज्यमा हाल इलिनोइस अगाडी देखिन्छ। ३१ हजार नयाँ संक्रमित यही राज्यमा भेटिएका छन्। 

पेन्सिलभेनिया र विस्कान्सिनमा पनि अवस्था त्यति राम्रो देखिदैन। विस्कान्सिनका स्वास्थ्य प्रमुख आन्द्रे पोम भन्छन्, ‘हामी चुनावका लागि कोरोना टाउको दुखाई नबनोस् भन्ने चाहन्छौं। यसका लागि सबै प्रबन्ध मिलाइएको छ।’

अमेरिका अहिले पनि विश्वको सबैभन्दा बढी कोरोना संक्रमित देश हो। यहाँ मर्नेको संख्या पनि अन्य देशको तुलनामा दोब्बर छ। अमेरिकामा कूल ९० लाख कोरोना संक्रमित पुगिसकेका छन्। यसमा २ लाख २७ हजारको निधन भएको छ।

प्रकाशित मिति: : 2020-10-28 08:59:00

प्रतिकृया दिनुहोस्