२/४ अर्ब घाटा हुँदैमा बैंकहरू डुबिहाल्ने अवस्थामा छैनन् : भुवनकुमार दाहाल, अध्यक्ष बैंकर्स संघ

शिलापत्र

काठमाडौँ
तस्बिर : शिलापत्र

भागवत भट्टराई

काेभिड १९ काे महामारीका कारण बैंकहरुमा गत चैत महिनादेखि नै नगद कारोबार घट्दो क्रम देखियो भने डिजिटल कारोबार बढिरहेको छ । वार्षिक ४० अर्बभन्दा बढी सुकिलो तथा नयाँ नोट साट्ने नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँमा नयाँ नोट वितरण गरेन । जसले बैंकहरुले अघि सारेको डिजिटल दक्षिणालाई सघाउ पुर्‍यायो । 

गत वर्ष अन्तिम चौमासिकमा अर्थतन्त्रमा आएको सुस्ताएकाे नाफा चालू वर्षमा पनि सामान्य अबस्थामा फर्किसकेकाे छैन । बैंकहरुको नाफा थप घट्ने विश्लेषण गरिएको छ । त्यति हुँदाहुँदै पनि बैंकहरूमा कोरोना महामारीका केही सकारात्मक प्रभाव देखिएका छन् । यी लगायतका विषयमा भागवत भट्टराईले बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीकाे सम्पादित अंशः 

कस्तो रह्यो यस वर्षको दसैँ ?
यस वर्ष विगतको जस्तो रहेन । सामान्य नै रह्यो । हामीले घरभित्र मात्रै टीका सीमित गर्‍यौं । बाहिर आफन्तकहाँ टीका लगाउन गएनौं । हामीकहाँ आउनेलाई पनि डिजिटल टिका लगाउने कुरा राख्यौँ ।

बैंकहरूले डिजिटल दक्षिणा अभियान पनि अघि सारेका थिए । कस्तो रह्यो ?

हामीले २/४ वर्षदेखि नै डिजिटल दक्षिणा प्रयोग गरौँ भनेर प्रचलनमा ल्याएका थियौँ । यसलाई प्रमोट गर्न पनि खोजेका थियौँ । कोरोना ठूलो 'रिस्क' भएका कारणले एकअर्काको घरमा गएर आशिर्वाद र टीका, जमरा थाप्न यसपाली समस्या भयाे । यस हिसाबले धेरैले डिजिटल दसैँ मनाएको देखियो । हामीले  दसैँ मनाउने स्टाइल मात्रै परिवर्तन गरेको हाैं, दसैँ त मनाउदैछौं नि त । डिजिटल टीका पनि लगाउन सक्छौ । धेरै बैंकहरुले डिजिटल दक्षिणा प्रमोसन गर्न खोज्नु भएको छ । दक्षिणा दिने नदिने एउटा कुरा हाे । दिने भएपछि डिजिटल गर्नु राम्रो हो ।  

गत ११ चैतमा लकडाउन भयो । त्यो भन्दाअघि नै ५ चैतदेखि बैंकर संघले डेभलपमेन्ट बैंकर एसोसियसन, फाइनान्स एसोसिएसन, राष्ट्र बैंक सबैसँग सहकार्य गरेर डिजिटल कारोबार गर्न आग्रह गर्दै डिजिटल कारोबारमा कुनै पनि शुल्क लिदैनाैं भन्ने निर्णय गर्‍यौं ।

कोरोना महामारीको कारण डिजिटल कारोबार धेरै बढेको छ । 'डि' क्लास बाहेक २०७६ असारसम्म डिजिटल काेराेबार ६१ प्रतिशत छ । ५०/६० लाख अरु खाता खोलिएको छ । 'डि' क्लास जोडेर हेर्दा अधिकांश खाता खोलिएको छ । 

प्रकाशित मिति: : 2020-10-28 17:27:00

प्रतिकृया दिनुहोस्