घरिअर्वामा अलपत्र भेटिएका बिरामीलाई अस्पताल पुर्‍याइयाे

वीरगञ्जको घरिअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अलपत्र फेला परेका एक बिरामीकाे उद्दार गरिएको छ। अलपत्र रहेको व्यक्तिले आफ्नो ठेगाना बाराको जितपुर रहेको बताएका छन्।

घाउको ब्यथाले छट्पटी रहेको व्यक्तिलाई डा दिपक चौरसिया र कोभिड एक्सन टिम (क्याटका)का सदस्य तबरेज अहमदको सहयोगमा उद्दार गरिएकाे हाे।

वीरगञ्जस्थित रहेको नारायणी अस्पतालमा उपचारको लागि पुर्‍याइएको ती व्यक्तिको उपचार डा चौरसियाले नै गरिरहेका छन्।

डा चौरसियाले ती व्यक्तिलाई सडक पेटिमा घाउको व्यथाले लडिरहेको देखेपछि क्याटका सदस्य अहमदलाई फोनमार्फत खवर गरेका थिए।

डा चौरसियाको आग्रहमा ग्रीन प्लस फर्मेसीले सो व्यक्तिको उपचारमा लाग्ने सम्पूर्ण औषधीसमेत सहयोग गरेको बताए। 

डाक्टर भएर बाटोमा अलपत्र भेटिएका व्यक्तिलाई उद्दारको लागि पहल गर्नु र आफैंले उपचार गर्ने कार्याले डा चौरसियाले आफ्नो कर्तव्य निर्वाहको साथै मानवता तथा सामाजिक दायित्वसमेत पूरा गरेको क्याटका सदस्य अहमदले बताए।
 

प्रकाशित मिति: : 2020-10-28 19:43:00

प्रतिकृया दिनुहोस्