मुख्यसचिव बैरागीलाई काेराेना संक्रमण

मुख्यसचिव शङ्करदास बैरागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्। 

साथै उनले आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकालाई पनि सतर्कता अपनाउन आग्रह गरेका छन्। 

संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन्। 
 

प्रकाशित मिति: : 2020-10-28 21:27:00

प्रतिकृया दिनुहोस्