बुमराहको आइपीएलमा विकेटको शतक

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बुधबार मुम्बई इन्डियन्सका तीब्र बलर जसप्रीत बुमराहले लिगमा सय विकेट पुरा गरेका छन्। 

उनले आइपीएलमा सयौं विकेट पुरा गर्ने क्रममा रोयल च्यालेञ्जर्स बेङ्गलुरुका कप्तान विराट कोहलीलाई आफ्नो सिकार बनाए। सन् २०१३ मा आइपीएलको करिअर सुरुवात गर्दा पहिलो विकेट पनि उनले कोहलीकै लिएका थिए। 

यस खेलमा १९ औं ओभरमा हार्दिक पाण्ड्या र क्रिस मोरिसबीच विवाद भएको थियो। ओभरको चौथो बलमा हार्दिकले लङ अनमाथिबाट छक्का हान्दा मोरिसलाई केही भनेका थिए। 

अर्को बलमा मोरिसले मोहम्मद सिराजको हातबाट उनलाई क्याच आउट गराए। पवेलियनतर्फ फर्किरहेका पाण्ड्या रिसको सुरमा मोरिस र विराटलाई केही भनेका थिए।

प्रकाशित मिति: : 2020-10-29 07:01:00

प्रतिकृया दिनुहोस्