महामारीमा मोबाइल आयात : गत वर्षको तुलनामा ४ अर्बले बढ्यो

देखापढी

काठमाडौँ
सांकेतिक तस्बिर

निकेश खत्री    

कोरोना भाइरस महामारीको समयमा विदेशबाट मोबाइल भित्रिने क्रम बढ्दै गएको छ। यसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन/निषेधाज्ञाको समयमा पनि मोबाइलको खपत नरोकिएको देखाउँछ।

खास गरी लकडाउनको समयमा स्कुल तथा कलेजहरूले अनलाइन क्लास सुरु गरेपछि मोबाइलको माग ह्वात्तै बढेको हो। यस कारण विदेशबाट आउने मोबाइलको परिमाण पनि बढेको छ

अनलाइन क्लासमा मोबाइलको र ल्यापटपको प्रयोग हुने गर्छ। तर ल्यापटपको तुलनामा मोबाइल फोन सस्तो पर्ने भएकाले पनि मोबाइलको बिक्री बढेको व्यापारीहरू बताउँछन्।

मोबाइल वितरक संघका अध्यक्ष जगत साउदले ल्यापटपको तुलनामा मोबाइल सस्तो हुनाले नै मोबाइलको माग बढेको बताएका छन्। उनका अनुसार अनलाइन क्लासका साथै जुममार्फत हुने विभिन्न भर्चुअल बैठक र सेमिनारले पनि मोबाइलको माग बढाएको छ।

यसका साथै लकडाउनका कारण तस्करहरूले भारत र दुवैबाट चोरी पैठारी गर्न नपाउँदासमेत वैधानिक माध्यमबाट मोबाइल आउँदा मूल्य बढेको व्यापारीहरूको भनाइ छ।

प्रकाशित मिति: : 2020-10-29 16:25:00

प्रतिकृया दिनुहोस्