बारामा भएको झडपबारे छानबिन गर्न समिति गठन

बाराको सीमावर्ती सुवर्ण गाउँपालिका २ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि भएको झडपबारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवका संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक शोभाकान्त चौधरी सदस्य छन्। समितिलाई सत्य तथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनामा उल्लेख छ।

बुधबार राति साढे ८ बजेतिर किसानले भारतबाट आलुको बीउ ल्याइरहँदा प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम पठाउन खोज्दा स्थानीयले अवरोध गरेपछि झडप भएको थियो।

झडपमा तीन प्रहरी र एक १४ वर्षीय रन्जनकुमार यादव बालक घाइते भएका थिए। 

उनको टाउकोमा गोली लागेको छ।

प्रकाशित मिति: : 2020-10-30 16:21:00

प्रतिकृया दिनुहोस्