बारामा प्रहरीले चलाएकाे गोली लागेर बालक घाइते

बाराको सीमावर्ती सुवर्ण गाउँपालिका २ कवही गोठ बजारमा पर्ने ईलाका प्रहरी कार्यालय अगाडि झडप भएको छ। 

बुधबार राति साढे ८ बजेतिर किसानले भारतबाट आलुको बीउ ल्याइरहँदा प्रहरीले नियन्त्रणमा लिएर सदरमुकाम पठाउन खोज्दा स्थानीयले अवरोध गरेपछि झडप भएकाे थियाे।

झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनभन्दा बढी हवाई फायर गरेको थियो।

प्रहरीले चलाएको गोली लागेर एक बालक गम्भीर घाइते भएका छन्। 

झडपमा प्रहरीले चलाएकाे गोली टाउकोमा लागेर सुवर्ण गाउँपालिका २ कै १४ वर्षीय रन्जनकुमार यादव घाइते भएका हुन्।

बालकको स्थानीय एसआर अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि वीरगञ्ज बयोधा अस्पताल रिफर गरिएको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-10-28 22:17:00

प्रतिकृया दिनुहोस्