राजस्थानसँग पन्जाब पराजित, प्ले अफ होड रोमान्चक मोडमा

किंग्स इलेभेन पन्जाब युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)मा राजस्थान रोयल्ससँग पराजित भएको छ।

राजस्थानसँग पन्जाबलाई ७ विकेटले पराजित भएको हो। पन्जाबले दिएको १ सय ८५ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो।

राजस्थानको जितमाबेन स्टोक्सको अलराउन्ड प्रर्दशन रह्याे। उनले स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्का सहित ५० रनको अर्धशतकीय इनिङ्स खेले।

यस्तै सन्जु सामसनले ४८ रन जोड्दा रोबिन उथप्पाले ३० रन बनाए। स्यामसनले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यता उथप्पाले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे।

कप्तान स्टिभ स्मिथ ३१ रनमा अविजित रहे। उनले २० बलमा ५ चौका प्रहार गरे।  जोस बट्लर २२ रनमा अविजित रहे।

पन्जाबका मुरुगान आश्विन र क्रिस जोर्डनले १/१ विकेट लिए।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो। 

पन्जाबका लागि क्रिस गेलले ९९ रनको अर्धशतकीय इनिङ्स खेले। शतक बनाउन एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौका प्रहार गरे।

अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए। तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए।

यस्तै कप्तान केएल राहुलले ४६ रन जोडे। राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए।

१० बलमा ३ छक्कासहित प्रहार गरेका निकोलस पुरनले २२ रन बनाए। ग्लेन म्याक्स्वेलले अविजित ६ रन जोड्दा दीपक हुडा १ रनमा अविजित रहे।

 मन्दिप सिंह शून्य रनमा आउट भए।

राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए। जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।

यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्ले अफको सम्भावना कायमै राखेको छ।

राजस्थानले १३ खेलमा १२ अंक जोडेको छ।

पन्जाबले पनि १३ खेलमा १२ अंक नै जोडेको छ। पन्जाब तालिकाको चौंथो स्थानमा यथावत् छ।

राजस्थानले पन्जाबलाई हराएसँगै प्ले अफ होड रोमान्चक मोडमा पुगेको छ। प्ले अफमा तीन टिम पुग्न बाँकी रहेको छ। प्ले अफमा स्थान बनाउन यी दुबै टोलीले अन्तिम खेलमा फराकिलो जित निकालेर मात्रै पुग्दैन अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ।

राजस्थानले अव लिग चरणको अन्तिम खेल आगमी शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ। पन्जाबले लिग चरणको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग आइतबार प्रतिस्पर्धा गर्नेछ।

चेन्नई प्ले अफ होडबाट बाहिरिसकेको छ।

प्रकाशित मिति: : 2020-10-31 07:21:00

प्रतिकृया दिनुहोस्