पक्राउबाट जोगिन दीपिकाकी मेनेजरद्धारा अग्रिम जमानतको आवेदन

अभिनेत्री दीपिका पादुकोणकी मेनेजर करिशमा प्रकाशले गिरफ्तारीबाट बच्न मुम्बईको एनडीपीएस अदालतमा अग्रिम जमानतका लागि निवेदन दर्ता गरेकी छिन्। 

उनीविरूद्ध नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दुई पल्ट छानवीनका लागि पत्र काटिसकेको छ। तर, उनी एनसीबीलाई सहयोग गर्नुको सट्टा लुकेर हिँडिरहेकी छिन्।

गत बिहीबार नारकोटिक्स ड्रग्स एन्ड साइकोट्रोपिक सबस्टेन्स (एनडीपीएस) को नियम अन्तर्गत करिश्माको विरूद्ध मुद्धा दर्ता गरेको थियो। 

मंगलबार एनसीबीले करिश्माको घरबाट १ दशमलव ८ ग्राम ड्रग्स बरामद गरेको थियो। यद्धपि उनको घरबाट भेटिएको ड्रग्सको मात्रा निकै कम छ तर पक्राउ गर्न यो मात्रा पर्याप्त हुने बताएका छन्। 

एनसीबीले करिश्माको घरबाट सीबीडी ओयलको तीनवटा सिसी पनि बरामद गरेको छ। आरोप प्रमाणित भए उनलाई एक वर्ष जेल र १० हजार जरिवाना हुने पक्का छ।
 
एनसीबीले ड्रग्स मुद्धामा करिश्मासँग २ पल्ट सोधपुछ गरिसकेको छ। एकपल्ट उनलाई दीपिका पादुकोणको अगाडी बसाएर सोधपुछ पनि गरिएको थियो। गत महिना दीपिकालाई पनि एनसीबीले सोधपुछका लागि बोलाएको थियो। 

करिश्मा प्रकाश सेलिब्रिटी मेनेजमेन्ट कम्पनी ‘क्वान’ मा काम गर्छिन। यो कम्पनीले ४० भन्दा बढी बलिउड सेलिब्रिटीको पीआरको काम हेर्ने गर्छ।

प्रकाशित मिति: : 2020-11-01 11:28:00

प्रतिकृया दिनुहोस्