सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

बिएल संवाददाता

किमाथाङ्का
सांकेतिक तस्बिर

सङ्खुवासभा र भोजपुरका सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय वाणिज्य बैंक खाँदबारी शाखाले कम्प्युटर हस्तान्तरण गरेको छ। वाणिज्य बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २० थान कम्प्युटर हस्तान्तरण गरेको हो। 

कम्प्युटर वितरण गर्दै जिल्ला समन्वय प्रमुख सुमन शाक्यले कम्प्युटर प्राप्त गरेपछि विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए। 

यस कार्यक्रमले साधन र स्रोत कम भएका विद्यालयलाई गरेको सहयोग महत्वपूर्ण भएको उनको भनाइ थियो। 

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दुर्गम भेगका साधन र स्रोत कम भएका विद्यालयहरुले पेस गरेको प्रस्तावनाका आधारमा छनोट गरी कम्प्युटर उपलब्ध गराएको बैंकको खाँदबारी शाखाका प्रबन्धक अनिष रायमाझीले बताए। 

यसैगरी गाउँपालिकाको एक मावि र चार आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो। खाँदबारी नगरपालिका–६ को एक विद्यालयलाई पनि कम्प्युटर प्रदान गरिएको छ। एक विद्यालयले कम्तीमा दुई र बढीमा चारवटा कम्प्युटर पाएका छन्। रासस 

प्रकाशित मिति: : 2020-11-01 13:44:00

प्रतिकृया दिनुहोस्