चुनाव अगाडि अमेरिकामा कोरोना संक्रमण उच्च बिन्दुतर्फ

अमेरिकामा राष्ट्रपतिको चुनावभन्दा दुई दिनअघि कोरोना संक्रमणको घटना झन् तिब्र बन्न पुगेको छ। आइतबार मात्र यहाँ फेरि एक लाखभन्दा बढी मानिस एकैदिन संक्रमित भएका छन्। 

केही समयअघि नियन्त्रणतर्फ गइरहेको कोरोना संक्रमण अमेरिकी चुनाव प्रचारमा मानिसहरूको बाक्लो उपस्थितिले चिन्ताजनक अवस्थामा पुर्‍याएको छ। 

शनिबार पनि यहाँ १ लाख २ सय ३३ संक्रमित भेटिएका थिए। पछिल्लो एक सातायता संक्रमितको संख्या एक लाख नाघिरहेको छ। 

चुनाव प्रचारको अभियान अन्तिम चरणमा पुग्दा मानिसहरू मास्क नलगाई ¥यालीमा पुग्ने गरेका छन्। यसले गम्भीर अवस्था सिर्जना भएको छ। 

अमेरिकामा हाल ९४ लाखको हाराहारीमा मानिसहरू संक्रमित भइसकेका छन्। यस्तै यहाँ मर्नेको संख्या २ लाख ३४ हजार पुगेको छ।

प्रकाशित मिति: : 2020-11-02 06:54:00

प्रतिकृया दिनुहोस्