अमेरिकामा चुनावको नतिजा नआउँदा ठाउँठाउँमा झड्प, ६० प्रदर्शनकारी पक्राउ

अमेरिकी राष्ट्रपतिको चुनावमा कसले विजय हात पार्छ, त्यो अहिलेसम्म सार्वजनिक भएको छैन। डेमोक्र्याट उम्मेदवार जो वाइडेन प्रारम्भिक मतगणनामा अगाडि देखिएका छन् तर नतिजा हालसम्म सार्वजनिक भएको छैन। 

तर, यसैबीच वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ट्वीट गर्दै चुनावको मतगणना तत्काल रोक्न माग गरेका छन्। 

अमेरिकामा चुनाव भएको भोलि पल्टै राष्ट्रपतिको नतिजा सार्वजनिक हुने गर्दथ्यो। तर, कोरोना महामारीका कारण चुनावी प्रक्रियामा फेरबदल गर्दा हालसम्म स्पष्ट नतिजा बाहिर आएको छैन। यसले आम जनमानसमा शंका उत्पन्न भएको छ। 

चुनावको मतगणनालाई लिएर डेमोक्र्याट र रिपब्लिकन पार्टीका समर्थकबीच ठाउँठाउँमा झगडा भएको छ। राष्ट्रपति भवन व्हाइट हाउसदेखि राज्यका विभिन्न ठाउँमा हिंसा भएको विभिन्न समाचार एजेन्सीले बताएका छन्। 

सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र हिंसाको परिस्थिति निर्माण गर्ने ६० जना प्रदर्शनकारीलाई अमेरिकी प्रहरीले गिरफ्तार गरिसकेको छ। 

अमेरिकी प्रशासनले चुनावको मतगणनाको बेलामा हुनसक्ने हिंसात्मक प्रदर्शन रोक्न ४७ सय होम गार्डलाई विशेष रूपमा तैनाथ गरेको छ।

प्रकाशित मिति: : 2020-11-06 08:47:00

प्रतिकृया दिनुहोस्