वाइडेनले भने– म सबै अमेरिकी नागरिककको राष्ट्रपति बन्छु, चाहे मलाई भोट दिने हुन् वा नदिने

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकीय राष्ट्रपतिय निर्वाचनमा विजयी भएका जो वाइडेनले आफू सबै अमेरिकी नागरिकको राष्ट्रपति बन्ने बताएका छन्।

डेमोक्र्याटिक उम्मेदवार वाइडेन अमेरिकाकाे ४६औँ राष्ट्रपति बन्ने निश्चित भएसँगै ट्विटरमा आफूलाई देशको नेतृत्व गर्ने महान् जिम्मेवारी सुम्पिएको भन्दै सम्पूर्ण नागरिकप्रति आभार प्रकट गरेका हुन्।

एकता र सम्भावको सन्देशसहित चुनाव लडेका वाइडेनले पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पारेसँगै २७० इलेक्टोरल कलेज मतको आँकडा पारे गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ। तर उनले त्याे आँकडा पार गरेका हुन्। 

उनले लेखेका छन्, ‘मेरो सम्मान छ, तपाईंले मलाई देशको नेतृत्व गर्नका लागि चुन्नुभयो। हाम्रा अगामी काम चुनौतीपूर्ण छन्। तर म तपाईंहरू समक्ष प्रतिबद्धता गर्छु– म सबै अमेरिकी नागरिककको राष्ट्रपति बन्छु, चाहे मलाई भोट दिने हुन् वा नदिने।’ 

अमेरिकाको इतिहासमा वाइडेन सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने पहिलाे व्यक्ति बनेका छन्। उनले सात करोड ४५ लाख भन्दा बढि मत पाएका छन्।

‘तपाईंहरूले मप्रति जुन विश्वास गर्नुभएको छ, त्यसलाई म डगमगाउन दिन्नँ,’ उनले अगाडि लेखेका छन्।

४८ वर्ष पहिले डेलवरबाट सिनेट सिटमा विजयी भएको वाइडेन अहिले राष्ट्रपति निर्वाचित भएका हुन्। उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनी अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यक्ति बन्दै छन्। 

प्रकाशित मिति: : 2020-11-08 07:28:00

प्रतिकृया दिनुहोस्