डेकोक्र्याटले धाँधली गरे, चुनाव मैले जितिसके: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विजयी भएको दाबी गरेका छन्। 

डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको आरोप लगाउँदै उनले आफूलाई विजयी भएको घोषणा गरेका हुन्।

शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा उनले भने, ‘वैध मतका आधारमा म विजयी भएको हुँ। तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन्।

अहिलेसम्म डमोक्र्याटिक उम्मेदवार वाइडेनको पक्षमा २६४ तथा ट्रम्पको पक्षमा २१३ इलेक्टोरल कलेज मत रहेको छ। 

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ। सो आँकडाको यात्रामा मतगणना जारी रहँदा ट्रम्पभन्दा वाइडेन अघि देखिएका छन्।

ट्रम्पले डेमोक्र्याटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर आरोप लगाए। उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए।

उनले यसका लागि आफू सर्वोच्च अदालत जाने बताए। 

उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाए। चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि वाइडेनभन्दा ट्रम्प पछाडि देखिएका छन्।

कोरोना भाइरसको महामारीका कारण यो वर्ष हुलाकमार्फत वा अग्रिम मतदान केन्द्रमा गएर १० करोडभन्दा बढिले मत खसालेका थिए।

प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाकमार्फत आएका मत गणना हुँदैछ। पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन्।

अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ।

नेभाडा र एरिजोनामा क्रमशः ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, यहाँ वाइडेनले लगातार अग्रता कायम राखेका छन्।

यस्तै पेन्सेल्भेनिया र जर्जियामा ट्रम्पको अग्रता कायम छ। तर त्यहाँ मतगणना हुँदै जाँदा वनइडेनले मतान्तर कम गर्दै लगेका छन्।

पेन्सेल्भेनिया २० र जर्जियामा १६  इलेक्टोरल कलेज मत रहेको छ। तर त्यहाँ मतगणना हुँदै जाँदा वाइडेनले मतान्तर कम गर्दै लगेका छन्।

यता नर्थ क्यारोलाइना र अलास्कामा ट्रम्प अघि रहेका छन्। अलास्का ट्रम्पले जित्ने लगभग छ। तर जर्जिया र पेन्सिलभेनियामा वाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन्। 

एरिजोना र नेभाडा राज्यमा वाइडेनकाे अग्रता कायमै छ। तर त्यहाँ ट्रम्पले कडा टक्कर दिएका छन्। 

सम्बोधनको क्रममा ट्रम्पले  जर्जिया तथा पेन्सिलभेनियामा मतगणना हुन नहुने बताए। यहाँ उनकाे अग्रता कम हुँदै गएकाे छ।

यता वाइडेनले भने हरेक मत गणना हुनुपर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन्।

अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्छ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने गर्दछन्।

अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले विश्वकाे ध्यान यस निर्वाचन हुने गर्दछ।

प्रकाशित मिति: : 2020-11-06 07:47:00

प्रतिकृया दिनुहोस्