बुटवलमा घन्कियाे ‘राजा आउ, देश बचाउ’को नारा

 रुपन्देहीमा राजसंस्था पुनःस्थापनको माग गर्दै सोमबार र्‍याली निकालिएको छ।

 तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्‍याली निकालिएको हो।

वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ को लागि भन्दै मोटरसाइकल र्‍यालीसहित प्रदर्शन भएको हो।

राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर उनीहरुले ‘राजा आउ, देश बचाउ’ को नारा लगाएका थिए। 

उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए।No description available.No description available.No description available.No description available.

प्रकाशित मिति: : 2020-11-02 17:09:00

प्रतिकृया दिनुहोस्