अमेरिकाको ४६औं राष्ट्रपति ट्रम्प कि बाइडन : भोलि हुदैछ निर्णायक मतदान

अमेरिका ४६औं राष्ट्रपति छान्ने चुनावी दिनको पूर्वसन्ध्यामा छ। रिपब्लिकनको रातो हात्तीमा ट्रम्प लम्किरहेका छन् भने डेमोक्रेट्सको नीलो गधामा बाइडन चम्किरहेका छन्। तर, कसले पार गर्ने हो २७० को फिनिस लाइन, अझै पनि यसै भन्न सकिने स्थिति छैन। त्यसको लागि कम्तिमा पनि आउने २४ घण्टाको प्रतिक्षा गर्नुपर्ने हुनछ। 

अबको २४ घण्टामा अमेरिकाका ५० राज्यमै लगभग मतदान सकिएर प्रारम्भिक चुनावी आँकलन आउन सुरू भैसकेको हुने छ। त्यसले औपचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा अमेरिकाको ४६औं राष्ट्रपतिको लगभग चित्र प्रष्ट हुनेछ। पेन्सेल्भेनिया र नर्थ क्यारलाइनामा नोभेम्बर ६ सम्म त मेल इन ब्यालेट्स गणना हुने भएकाले अन्तिम निर्णय आउन कम्तिमा पनि नोभेम्बर ७ कुर्नुपर्ने हुन्छ।

अमेरिकाको चुनाव एक दिन बाँकि हुँदा अन्तत: चुनाव ६ ब्याटल ग्राउण्ड राज्यमा केन्द्रीत हुन पुगेको छ। ती राज्यमा एरिजोना (११), पेन्सेल्भेनिया (२०), फ्लोरिडा (२९), विस्कन्सन (१०), नर्थ क्यारलाइना(१५) र मिचिगन (१६) रहेका छन्। सन् २०१६ को चुनावमा यी सबै राज्यमा ट्रम्पले जितेका थिए भने यसपटक सबैमा उनी पछि रहेको पोलहरूको पोल अर्थात् औसत पोलले देखाएको छ। 

अमेरिका भोलि आफ्नो ४६औं राष्ट्रपति छान्दैछ। रिपब्लिकनको रातो हात्तीमा ट्रम्प लम्किरहेका छन् भने डेमोक्रेट्सको नीलो गधामा बाइडन चम्किरहेका छन्। तर, कसले पार गर्ने हो २७० को फिनिस लाइन, अझै पनि यसै भन्न सकिने स्थिति छैन। त्यसको लागि कम्तिमा पनि आउने २४ घण्टाको प्रतिक्षा गर्नुपर्ने हुनछ

राष्ट्रपति ट्रम्पलाई चुनाव जित्न यी सबै राज्य नै जित्नुपर्ने हुन्छ। तर, बाइडनका लागि यीमध्ये कुनै तीन राज्य जिते पनि पुग्छ। यति मात्र हैन, ट्रम्पका लागि टेक्सास, फ्लोरिडा, जर्जिया र ओहायो पनि सहज नरेहको पोलमास्टरहरू बताइरहेका छन्।

पछिल्लो स्थिति हेर्दा ट्रम्पको आमसभामा समर्थकको भीड हेर्दा ट्रम्पले जित्छन् जस्तो देखिन्छ भने पोल मास्टरहरूको अंकगिणत हेर्दा बाइडनले चुनाव जितेजस्तो देखिन्छ। अब हेर्नुछ, पोलमास्टर माथि हुने कि चुनावी भीड? त्यसका लागि भने कम्तिमा पनि भोलिको मध्यरातसम्म पर्खनुपर्ने हुन्छ। 

प्रकाशित मिति: : 2020-11-03 07:34:00

प्रतिकृया दिनुहोस्