गाउँ-छिमेक हुन् त दीपकका जस्ता!

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

समिक्षा अधिकारी

तनहुँ, बर्लाचीका दीपक ओझा कोरोनाबारे सचेत थिए। सावधानी पनि नअपनाएका होइनन्। जति नै पन्छिए पनि असोज ३० गतेदेखि उनलाई सामान्य ज्वरो देखा पर्‍यो। क्रमशः टाउको दुख्न थाल्यो।

मौसमी रुघाखोकीको समय भएकाले कोरोनाबारे शंका गरेनन्। कात्तिक ३ गते राती शौचालय जाँदा चक्कर लागेको महशुस गरे। के भयो भन्ने भेउ नपाउँदै उनी बेहोस हुन पुगेछन्। 

त्यति बेलाको क्षण सम्झँदै दीपकले सेतोपाटीसँग भने, ‘परिवारमा सबैजना आत्तिनु भएछ। एम्बुलेन्स बोलाएर राती नै चितवन मेडिकल कलेज आएँ। ४ गते बिहान जाँच गरेको, बेलुका कोरोना पोजेटिभ देखिइहाल्यो।’

स्वास्थ्यमा कुनै रोग नभएकाले कोरोनाको असर चिन्न गाह्रो भएन। त्यसपछि ५ गते तनहुँ, दमौलीमा आइसोलेसन सेन्टरमा बसे।

उनी आइसोलेसन छिर्दा व्यास नगरपालिका–८ बर्लाचीस्थित उनको घरमा धानबाली थन्क्याउने बेला भएको थियो। कामको चटारो पनि थियो। एकातिर कोरोनाको कहर, अर्कोतिर सबैका फाँटमा धान झुलेका, कामदार पाउन उत्तिकै गाह्रो।

दीपक कोरोना संक्रमित भएपछि परिवार नै आइसोलेसनमा बस्यो। अब बाली कसले थन्क्याइदिने? परिवारलाई आपत आइलाग्यो।

प्रकाशित मिति: : 2020-11-03 08:43:00

प्रतिकृया दिनुहोस्