डिफेन्डिङ च्याम्पियन वायर्नकाे अपराजित यात्रा कायमै, एटलेटिकोले बराबरीमा चित्त बुझायाे

डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिखले च्याम्पियन्स लिगमा अपराजित यात्रा कायमै राखेकाे छ। 

रेडबुल एरिना वाल्समा मंगलबार राति भएको खेलमा वार्यनले साल्जवर्गलाई उसकै मैदानमा ६–२ ले हराएकाे हाे।

वायर्नको एकपक्षीय जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, लिरोए साने र लुकास हर्नान्डेजले गोल गरे। एक गोल उपहार पाएको थियो। घरेलु टोलीका मेर्गिम बेरिसा र मासाया ओकुगावाले गोल फर्काए।

खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै मेर्गिमको गोलबाट अग्रता लिएको थियो। तर, घरेलु टोली त्यो अग्रतालाई रोबर्ट लेवान्डोस्कीले २१औं मिनेटमा पेनाल्टीमार्फत बराबरीमा ल्याए।

४४औं मिनेटमा रसमुस क्रिसटेनसेनले आत्मघाती गोल गरेपछि वायर्नले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो।

मासाया ओकुगावाले ६६औं मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। 

७९औं मिनेटमा जेरोमी बोएटिङले गोल गर्दै वायर्नलाई ३–२ ले अघि बढाए। ८३औं मिनेटमा लिरोए सानेले गोल गरेपछि वायर्न सहज जिततर्फ अघि बढ्यो।

८८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई ५–२ ले अघि बढाए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै वायर्नलाई ६–२ को फराकिलो जित दिलाए।

लगातार तेस्रो जितसँगै वायर्न ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ। ४ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ। लोकोमोटिभको २ तथा साल्जवर्गको १ अंक रहेको छ।

यही समूह ‘ए’ को अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र रसियन क्लब लोकोमोटिभले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

खेलको १८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए। 

तर अग्रता लिएको ७ मिनेटपछि उनै हरेराको ह्याण्डबलमा मस्कोले पेनाल्टी पायो। रेफ्रीले भीएआरको सहायताले दिएको पेनाल्टीमा एन्टोलिन मिरान्चुकले गोल गर्दै खेल बराबरीमा ल्याए।
 

प्रकाशित मिति: : 2020-11-04 07:16:00

प्रतिकृया दिनुहोस्