कोरोना लाग्नेलाई मात्र पीडा थाहा हुन्छ

गोरखापत्र

काठमाडौँ
तस्बिर : गोरखापत्र

यलु जोशी
कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएका वरिष्ठ कलाकार हरिवंश आचार्यले भन्नुभयो, “यो रोग आफूलाई लागेपछि मात्र यसको पीडा थाहा हुन्छ ।

त्यसैले आफू र आफ्नो परिवारलाई यो रोग लाग्नबाट बचाउन सक्ने सम्पूर्ण उपाय अपनाउनुपर्छ ।” दुई साता घरमै एकान्तबास बसेर सङ्क्रमणमुक्त भएपछि उहाँले सबैलाई सचेत भएर बस्न आग्रह गर्नुभएको छ ।

आचार्यले भन्नुभयो, “कोरोनालाई कतिपयले हल्का विषय बनाएका छन्, यसमा हामी एकदमै गम्भीर बन्नुपर्छ । सचेत रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ, १४ दिनको एकान्तबासले धेरै कुरा सिकायो भने पीडा के हो भन्ने पनि बुझायो ।”

कलाकार तथा नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा घरमा एकान्तबासका साथै अस्पतालमा समेत उपचारका लािग बस्नुपरेको सम्झँदै भन्नुहुन्छ, “थुप्रै पीडाका बीच मैले कोरोना जितेको हो ।” उहाँले भन्नुभयो, “मैले हरेक दिन कोरोनासँग लडिरहेँ । अनेक दुःख र कष्टबीच कोरोनासँगको सङ्घर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षण अनगन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर सङ्घर्ष गरेर जितेँ ।”

प्रकाशित मिति: : 2020-11-04 08:22:00

प्रतिकृया दिनुहोस्