विश्व हिन्दु युवा संघले दियो बौद्ध धर्मगुरु आचार्य कमल मोक्तानप्रति श्रद्धाञ्जली

विश्व हिन्दु युवा संघले बौद्ध धर्मगुरु आचार्य कमल मोक्तानप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। 

कार्तिक १४ गते निधन भएका स्वर्गीय मोक्तानकै गुम्बामा पुगेर श्रद्धाञ्जली अर्पण गरिएको हो। 

श्रद्धाञ्जली अर्पण गर्न गोरखनाथ मन्दिर मृगस्थलीका पिर महन्त योगी शिर्षनाथ, विश्व हिन्दु महासंघका अध्यक्ष डा रामचन्द्र अधिकारी,स्वामी तथागत, विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह, धार्मिक सदभावना दुत योगी पिताम्बर, सल्लाहकार मोहन लामा रुम्बा, केन्द्रीय सदस्य गेली शेपा, प्रवक्ता अनुराग शाह पुगेका थिए।

उक्त श्रद्धाञ्जली सभामा बोल्ने सबै वक्ताले स्वर्गीय आचार्य कमल मोक्तानले सनातन धर्म जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उक्त कुरामा आफुहरु पनि लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2020-11-04 21:43:00

प्रतिकृया दिनुहोस्