ओलीले गरे मानव अधिकार आयोगको वार्षिकोत्सव बहिष्कार

Break n Links
Break n Links

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले २५औँ स्थापना दिवस मनायो। तर, पुल्चोकस्थित आयोगको कार्यालयमै भएको भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली कतै देखिएनन्।

आयोगका अनुसार प्रधानमन्त्री ओलीलाई पनि कार्यक्रमका लागि निमन्त्रणा गरिएको थियो। आयोगका वार्षिक कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ। 

तर, यसपटकको वार्षिकोत्सवमा प्रधानमन्त्री ओली सहभागी नभएपछि आयोगलाई सोधियो ‘प्रधानमन्त्री किन सहभागी भएनन्?’

आयोग स्रोतको जवाफ आयो ‘प्रतिनिधि सभामा सहभागी हुनुपर्ने भएकोले व्यस्तताका कारण आउन नपाउने भन्ने जानकारी पाएका छौं।’

तर, बिहान ११ बजे बसेको बैठकमा प्रधानमन्त्री उपस्थित थिएनन्। यता प्रधानमन्त्रीको सचिवालयसँग बुझ्दा ओलीको आपत्तिजनक अभिव्यक्तिप्रति आयोगले आपत्ति जनाएपछि ओली चिढिएका बुझिएको छ। आयोगले विज्ञप्ति नै निकालेर ओलीलाई गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिएको थियो। त्यसपछि ओली रुष्ट भएको बुझिएको छ।

सोही कारण प्रधानमन्त्रीले आयोगको कार्यक्रम बहिष्कार गरेका हुन्। यसअघि ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रम पनि बहिष्कार गरेका थिए।

मानव अधिकार आयोगको वार्षिकोत्वस कार्यक्रममा अध्यक्ष तपबहादुर मगरले पछिल्लो समय नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था उत्पन्न भएको बताए।  

उनले मानव अधिकारका मुद्दामा आयोगले गरेको कारवाहीको सिफारिस कार्यन्वयन नहुदा दण्डहीनताले प्रश्रय पाएको बताए।

उनले आव २०८१/८२ को प्रारम्भदेखि हालसम्मको अवधिमा आयोगमा मानव अधिकारको उल्लंघनसम्बन्धि १६४ वटा उजुरीहरू फर्छ्यौट गरिएको जानकारी दिए।

प्रकाशित मिति: : 2025-05-27 17:03:00

प्रतिकृया दिनुहोस्